कुवेतमा खिचिएको भिडियो सार्वजनिक

0
Shares

हिजोआज फिल्मदेखि म्युजिक भिडियोसमेत विदेशमा छायांकन हुन थालेका छन्। यसै गरी विदेशमा बसेका नेपालीको समूहले निर्माण गरेको गल्ती मेरो थियो होला बोलको गीतमाथि निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
नक्कले गाइजको प्रस्तुति रहेको भिडियो कुवेतमा छायांकन गरिएको छ। राज दोङ र अभियान दोङको स्वर रहेको गीतमा अभियानको शब्द र राज दोङको संगीत रहेको छ। नक्कले प्रेम स्याङ्तानले निर्देशन गरेको भिडियोमा एक युवाले आफ्नो प्रेमिकाले छोडेर जाँदाको पीडा देखाउन खोजिएको छ।
नक्कले प्रेमकै छायांकन रहेको भिडियोलाई वीरेन्द्र भाटले सम्पादन गरेका छन्। भिडियोमा आरोन्स योल्मो, सरू गिरी, बाल ठकुरी र दीपक राईको अभिनय गरेका छन्। विदेशमा बस्दै आइरहेका प्रेमले नेपाली गीत–संगीत तथा भिडियोमा आफूलाई सक्रिय राख्दै आइरहेका छन्।