भंैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र महालक्ष्मी विकास बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ। नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो।
नेपालकै गुणस्तरीय सेवा प्रदान गर्ने अग्रणी अस्पतालको सेवामा महालक्ष्मी बैंकका कर्मचारी र सेवाग्राहीले विशेष सहुलियत प्राप्त गर्नेभएका छन्। अस्पतालका महाप्रबन्धक विजय रिमालले कर्पोरेट क्षेत्रका व्यस्त मानिसका लागि अस्पतालले कार्यक्षेत्रमै विशेष स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताउनुभयो। वन डे विथ कर्पोरेट केयरजस्ता कार्यक्रमलाई महालक्ष्मी विकास बैंकमा पनि सञ्चालन गर्नेमा वहाँले जोड दिनुभयो।
यस्तै अस्पतालका विभिन्न अभियानमा बैंकले समर्थन र सहकार्य गर्ने प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताउनुभयो। खासगरी बैंकका भिसा डेबिट र क्रेडिट कार्डका उपभोक्ताका लागि यो सेवा विशेषरूपमा लागू हुनेछ। बैंकले सामाजिक उत्तरदायित्वका रूपका गर्दै आएका गतिविधिमा नेपाल मेडिसिटीले साथ दिने
जनाएको छ।











प्रतिक्रिया