मेगा बैंक नेपाल नवौं वर्षमा प्रवेश

0
Shares

काठमाडौं, (नेस)
मेगा बैंक नेपाल नवौं वर्षमा प्रवेश गरेको छ । सोमबार वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्ता पुँजीका रुपमा देशकै दोस्रो ठँलो बैंकको रुपमा स्थापित हुन सफलता भएको बताउनुभयो ।

मेगा बैंकले आर्थिक वर्ष २०६९÷७० देखि नै निरन्तर राम्रो प्रतिफल दिइरहेको बताउँदै अध्यक्ष शाहले भन्नुभयो–‘हामीले भर्खरैमात्र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर सकेका छौं । मर्जरपछि साधारणसभामार्फत नयाँ सञ्चालक समिति पनि आएको छ । अब मेगा कल्चर अनुसार नै हामी रफ्तार बढाउँछौं । टुरिजम र पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएपछि मेगा बैंकमा झनै उत्साह थपिएको मैले पाएको छु ।’

अध्यक्ष शाहले चार वर्षभित्र बैंकको कर्पोरेट भवन बनाउने तथा संघीय संचरना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताउनुभयो ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताउनुभयो ।

खुञ्जेलीले भन्नुभयो–‘ग्राहकको चाहनाअनुसार लोकप्रिय र नवीनतम सुविधाहरु सँधै हाम्रो प्राथमिकतामा छन् । अनलाइन ट्रेड सर्भिस, फास्ट ट्रयाक ग्यारेन्टी इसुऐन्स, अनलाइन खाता खोल्ने जस्ता सेवालाई ग्राहकले अत्याधुनिक मन पराइदिनुभएको छ । शेयरधनी र ग्राहकवर्गलाई हामीले हरेक महिना ‘मेगा मन्त्र’ नामक न्यँजलेटर पठाएर हाम्रा सेवाबारे अवगत पनि गराउँदै आएका छौँ । ’

वार्षिकोत्सवको अवसरमा ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यवसायमा संलग्नलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेसनल लोन’ योजना सार्वजनिक गरिएको छ ।