मन्त्री ज्ञवाली यूरोप प्रस्थान

0
Shares

काठमाडौं, (नेस)
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यूरोपका विभिन्न मुलुकको भ्रमणका सिलसिलामा सोमबार राती पोर्चुगल प्रस्थान गर्नु भएको छ । पोर्चुगलका समकक्षी अगष्टो सान्टोस सिल्भाको औपचारिक निमन्त्रणामा उहाँ त्यता प्रस्थान गर्नु भएको हो ।

पुर्तगाली समकक्षी सिल्भासँग ज्ञवालीले भोली बुधवार शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले बेल्जियमका उपप्रधान एवं परराष्ट्रमन्त्री डिडाएर रेयान्डर्ससँग विहीवार भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ भने त्यहाँ रहेका नेपालीहरुसँग पनि भेटघाट गर्ने बताइएको छ ।

मन्त्री ज्ञवालीले ब्रसेल्सस्थित नेपाली दूतावास र एशियाली अध्ययनका निम्ति युरोपेली प्रतिष्ठानले आयोजना गर्ने ‘नेपालका प्रमुख राष्ट्रिय एजेण्डा: राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । आगामी १४ गते लग्जेम्बर्ग पुग्ने मन्त्री ज्ञवालीले त्यहाँका मानवीय मामिला तथा विकास सहायता मन्त्री रोमिन सेन्डेरसँग पनि शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ ।