इलाम (नेस)
इलाममा राहादानीबाट गत आर्थिक बर्षमा दुईकरोड ५८ लाख ८७ हजार पाँचसय रुपैंयाँ राजश्व संकलन भएको छ । जिल्लामा बर्षेनि राहादानी बनाउनेको सङख्या पनि घटिरहेको छ ।
अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा दुईहजार ६ सय १४ जनाले घटेको जिल्ला प्रशासन कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो आवमा ७ हजार पाँचसय ७२ जनाले राहादानी बनाएकोमा गत आवमा त्यो सङख्या घटेर ४ हजार ९ सय ५८ जनाले मात्र बनाएको प्रशासनका नायब सुब्बा बिनोदबाबु बिसिले बताए । प्रशासनले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा बर्षेनि राहादानी बनाउनेको सङख्या घट्दै गएको देखिएको छ । जिल्लामा आर्थिक बर्ष ०६८÷०६९ देखि गत आर्थिक बर्ष ०७४–०७५ सम्म जम्मा ४० हजार एक सय ११ जनाले बनाएका छन् । यस्तै द्रुत सेवा मार्फत २० हजार २ सय ८० जनाले बनाएका छन् । राहादानी बनाउनेमा महिलाको सङ्ख्या ३० प्रतिशत रहेको छ ।
बिसिका अनुसार राहादानी बनाउनेमा सबैभन्दा बढि जिल्लाका दक्षिणि भेग दानाबारी, महमाई, चुलाचुली, बाँझोका नागरीक रहेका छन् । जिल्लामा पशुपालन, तरकारीखेती, कुखुरापालन, च्याउखेती लगायतमा युवाको आकर्षण बढ्न थालेपछि विदेशप्रतिको मोह घटेको बताइएको छ । बंैक तथा वित्तीय कारोबारका लागि खुलेका सहकारीबाट ऋण लिएर विभिन्न उत्पादनमुखी काम गर्न थालेपछि यहाँका युवाले रोजगारीका लागि विदेश ताक्न छाडेका छन् । दुबैबाट फर्केर इलामनगरपालिका ९ का सन्तोष श्रेष्ठ फेन्सि पसल सञ्चालन गरीरहेको छन् । उनलाई अब विदेश जाने रहर छैन । उनीजस्तै सयाँैं युवा स्वदेशमा नै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।











प्रतिक्रिया