यमलाल भुसाल, बुटवल
प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि यि दुई क्षेत्रको लगानीलाई नाफा रहित बनाउनु पर्ने बताउनु भयो । नेपाली काँग्रेसको आन्दोलन र डा. गोबिन्द केसीको अनसनको उद्देश्य गलत भएपनि डा. केसीले उठाएका माग पबित्र छन भन्ने जनमानसमा परिसकेको उहाँले बताउनु भयो ।
उहाँले डा. केसीको आन्दोलन गलत उद्धेश्यले प्रेरित भएको र काँग्रेसले केसीका मुद्धालाई साथ दिन नभई सरकारलाई असफल बनाउन आन्दोलन गरेको बताउनु भएको छ ।अहिलेको सरकार बन्दा सुरुमा मौन रहेको काँग्रेस २ कम्युनिष्ट पार्टीबीच एकता भएपछी अव ५ वर्ष कुनै हालतमा सरकारमा पुग्न सकिदैन भन्ने भएपछी अत्तालिएको समेत बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीका सस्थापक पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवशका अवसरमा पार्टीको रुपन्दही क्षेत्र नम्वर २ ले सोमवार बुटवलमा आयोजना गरेको स्मृति सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले बिगतमा काग्रेस कै नीतिका कारण शिक्षा स्वास्थ्यमा नीजि क्षेत्रको लगानी भएकाले अहिले त्यही ठिक हो भन्ने लागे काँग्रेसले हाम्रो नीति गलत थियो भनेर आत्मा आलोचना गर्नु पर्छ ।
उहाँले भन्नुभयो बिगतमा शिक्षा स्वास्थ्यमा लगानी गराउन उत्प्रेरित गर्ने अहिले सडकमा आन्दोलन गर्ने यस्तो गर्न मिल्दैन हाम्रा नीतिले यस्तो भयो भनेर आत्मा आलोचना गर्नुपर्छ । डा. केसीको काठमाण्डौमा अव मेडिकल खोल्नु हुदैन भन्ने माग मनमोहन कलेजका बिरुद्ध भएको उल्लेख गर्दै उहाँले भन्नुभयो नेताहरुको नामलाई कस्तो ठाउमा प्रयोग गर्ने हामीले छलफल गर्न सक्छौ मनमोहन नआउदाँसम्म नबोल्नेहरुले अहिले सडकमा ताण्डप देखाई रहेका छन त्यो कत्ति पनि जायज छैन ।
नेकपाका नेता समेत रहेका पोखरेलले स्वर्गिय पुष्पलालले देखाएको बाटोमा अहिले नेकपा अघि बढीरहेको बताउदै सरकार बनाउने ठुलो होइन समाज बदल्ने कुरा महत्वपुर्ण हो । मुख्यमन्त्री पोखरेलले सरकारको अभियानलाई सार्थक बनाउन र ३ वर्ष भित्र जनताले अनुभुति गर्ने बिकास र समृद्धिको अभियानमा लाग्न सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछी सरकार माथि अहिले चौतर्फी प्रहार भइरहेको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले भन्नुभयो यातायात क्षेत्रको सिण्डिकेट, काम नगर्ने ठेकेदार माथिको कारवाही, बैदेशिक रोजगारीमा पठाउने एकलौटीको अन्त्य, गैर सरकारी संघ सस्था र दाताबाट आउने रकमको व्यवस्थापन लगायतका क्षेत्रमा सरकारले सुधार ल्याउन खोजेकाले चौतर्फी प्रहार भएको हो ।











प्रतिक्रिया