नमोबुद्ध नगरपालिकाको मोतिविन्दु न्युनिकरण अभियान

0
Shares

नेपाल समाचारपत्र, काभ्रे
नगरबासिहरुलाई आँखामा हुने मोतियाविन्दुको रोग कम गर्ने र भएका रोगिहरुको उपचार गराउने उदेश्यले आयोजना गरिएको शिविरमा नगरबासिहरुले सक्रिय सहभागिता देखिएको छ ।

‘नगरपालिकाको मुख्य उदेश्य मोतिविन्दु न्युनिकरण अभियान शुरु गरिएको हो’–नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भने–‘स्वस्थ नगर र नगरबासि बनाउने अभियानमा विभिन्न क्षेत्रको सहयोग रहेको छ ।’ रेयुकाई एईको मासुनागा आँखा अस्पताल प्राथमिक आँखा उपचार केन्द्र नमोबुद्ध नगरपालिका २ र नेपाली सेना २६ नम्वर बाहिनी भकुण्डेको प्राविधिक सहयोगमा दुई दिन शिविर संचालन गरिएको थियो । रेयुकाई आँखा अस्पताल बनेपाका डा. प्रज्ञ लुईटेलको नेतृत्वले सहभागिहरुको आँखा परिक्षण गरेको थियो । नेपाली सेनाले आँखासँगै अन्य रोगहरुको समेत परिक्षण गरेको थियो ।

शिविरमा ५ सय ७४ जनाले परिक्षण गराएको आँखा अस्पतालका हिरामणी शर्माले बताए । शिविरमा सहभागि भएकाहरु मध्ये ३६ जनालाई मोतियाविन्दु फेला परेको थियो ।

मोतियाविन्दुका सबै विरामीहरुको आँखा अस्पताल बनेपामा निशुल्क शल्यक्रिया गरिएको छ । आईतबार शल्यक्रिया गरी विरामीहरु घर फर्किएका छन् । नेपाली सेना, नमोबुद्ध नगरपालिका र आँखा अस्पतालले उपलब्ध गराएको सेवाबाट आफुहरु खुशी भएको विरामीहरुले बताएका छन् । आँखा अस्पतालले जिल्लाका विभिन्न स्थान तथा आसपासका जिल्लाहरुमा समेत निशुल्क शिविर आयोजना गरी मोतियाविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गर्दै आएको छ ।

राजधानी उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा रहेको रेयुकाई आँखा अस्पताल नेपालकै नमुना अस्पतालका रुपमा चिनिन थालेको छ । प्रविधियुक्त अस्पतालमा शल्यक्रिया गर्न पुर्व प्रधानमन्त्री स्व. शुशिल कोईराला प्रधानमन्त्री भएकै बखत अस्पताल आएका थिए । नेपालका विशिष्ट ब्यक्तिहरुले उपचार गराईरहेको अस्पतालले नेपालमै बालबालिका देखि नै आँखामा हुने विभिन्न खालका रोगहरुको कमी गर्न र आँखाको सुरक्षा गर्ने अभियान शुरु गर्दै आएको छ ।