सुनका गहना चोरी गर्ने गिरोह समातियो

0
Shares

काठमाडौं (नेस) । सुनका गहना चोरी गरेको अभियोगमा काठमाडौं वसन्तपुर वस्ने सर्लाहीका आयुष कार्की र वसन्तपुर बस्ने लमजुङका बिष्णु गुरुङलाई तथा कार्की र गुरुङले चोरी गरेका सुनका गहना खरिद गरेको अभियोगमा काठमाडौं चावहिल बस्ने भारत कलकत्ताका सुनिल राउत र खेकन मतालिकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

साथै राउत र मतालिकसँग सस्तो मूल्यमा सुनको गहना खरिद गर्ने किलागलस्थित सुन पसलका संचालक मनोरञ्जन मण्डललाई समेत प्रहरीले ४ तोला ८३ लालको सुनको ढिक्का, चाँदी ११ तोला ३३ लाल र नगद १ लाख ६७ हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकी स्युचाटारबाट चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त रहस्य खुलेको थियो ।