पूर्व युवराज्ञी सपरिवार कुमारी घरमा

0
Shares

काठमाडौं,(नेस) । पुर्व युवराज्ञी हिमानी शाह , पुत्र हृदयन्द्र र दुई छोरी पुर्णिका र किर्तिका जिवीत देवी कुमारी दर्शन गरेका छन् । बिहान पशुपति दर्शन गरेका परिवारले अहिले कुमारी दर्शन गर्न लागेको हो ।

पारस बाहेक हिमानी सहितको परिवार वसन्तपुर स्थित कुमारी घरमा कुमारीको दर्शन गरेको हो । युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले हिमानी सहितको परिवारलाई दर्शन गर्ने व्यवस्था मिलाउनुभएको हो । हिमानी सहितको परिवारले अहिले साढे ४ बजे जिवीत देवी कुमारीको दर्शन गरेका थिए ।

तस्वीरमा

पुर्व युवराज्ञि हिमनी राज्यलक्ष्मी साह बसन्तपुर कुमरी घरमा पुजा गर्न उपस्थित हुँदै। तस्वीर: अनिल आङदेम्बे