मेरिल्याण्ड कलेजका ७६ बिद्यार्थी दिक्षित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ । मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (विविए) विषयमा दीक्षित भएका छन् ।
वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको हो । बिराटनगरमा आयोजित कार्यक्रमका बिद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।

वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले बिद्यार्थीहरुलाई दीक्षित गर्नुभएको थियो । समारोहमा उहाले कलेजबाट उत्पादित जनशक्ति विश्व वजारमा सहज र सरल किसिमले खपत हुने वताउनुभयो । उहाले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त समेत गर्नुभयो ।

इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएका वताउनुभयो ।
सो अवसरमा वेलायती विश्वविद्यालयका डा. गुरमुक सिंहले शिप तथा दक्षता हासिल गर्ने कार्यमा वेलायत र नेपाली विद्यार्थीहरुमा कुनै भिन्नता नरहेको वताए । बेलायतको शिक्षा नेपाल मै पाएर दीक्षित हुन पाउनु गर्वको कुरा रहेको दीक्षित बिद्यार्थीहरुले अनुभब साट्नुभएको थियो ।

ईनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा काठमाडौ , पोखरा , इटहरी र विराटनगरमा पनि बिबिएमको कोर्स संचालन गरिरहेको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर ,इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालित छन् ।