भक्तपुर,(नेस) । नेपाली कांग्रेसका नेता एनपी साउदले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताउनुभएको छ । बीपी स्मृति दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नेता साउदले दुईतिहाइ बुहुमत पाएको सरकारले जनताको चाहनाअनुसार काम नगरेको आरोप लगाउनुभयो ।
सरकारले दुईतिहाइको दम्भ देखाएर जनताको भावनाविपरित सर्वसत्तावादी सोच राखेकोले समस्या सुरु भएको नेता साउदले बताउनुभयो । उहाँले संविधान विपरीत सरकार जान थालेछि आफूहरुले संसद अवरुद्ध गरेको बताउनुभयो । सरकारले जनहितको मागलाई विल्कुलै उपेक्षा गरेर र दमन गरेर सत्ता चलाउन चाहेको तर दमनकारी हतियारले सत्ता चलाउने कुरा धेरै नटिक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले कम्युनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताउँदै उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजेको आरोप लगाउनुभयो ।कार्यक्रममा कांग्रेस भक्तपुरका पुर्ब जिल्ला सभापति गणेशमान चक्रधरले बीपीको बिचार आज पनि उत्तीकै सान्दर्भिक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला शाखा भक्तपुरका पुर्ब अध्यक्षहरु बिक्रम कायस्थ,उदयराम श्रेष्ठ,राजेश स्वंगमिखा,कृष्णराज जोशी,कृष्णबहादुर प्रधानाङ्ग ,सुरेश प्रधान र जिल्लाबाट एसईई उतीर्ण बिद्यार्थीलाई सम्मान गरिएको संघका जिल्ला शाखा अध्यक्ष बद्रीराम थापाले बताउनुभयो ।











प्रतिक्रिया