भक्तपुर (नेस)। बि एण्ड सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसांईले बंगला देशमा चिकित्सक अध्यनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिब्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाँईले तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्यन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिब्यक्तिलाई हाल आएर उक्त अभिब्यिक्तको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाएको आरोप लगाउनु भयो ।
उहाँले आफूले भन्न खोजेको बिषलाई तोडमोड गरेर बिबादमा तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताउनु भयो । उहाँले आफ्नो भनाई बंगाला देशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्ययनको वातावरण श्रृजना गर्न सके राम्रो हुने र त्यहां उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अन्त्य हुने रहेको बताउनु भयो ।
उहाँले बंगला देशमा अध्ययन गर्न गएका चेलीका बिषयमा लिएर आफ्नो अभिब्यिक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नरहेको बताउँदै यसले पर्न गएको असर प्रति क्षमा माग्नु भयो ।
चिकित्सा बिधेकका बारे उहाँले संबिधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने बिषय भएकाले अफुले यो बिषयमा बोल्ने उपयुक्त नहुने बताउनु भयो ।
गोबिन्द केसीको अन्दोलनका बारे आफूले बोल्नु पर्ने बिषय नभएको र सरकारले नै उनको माग सम्बोधन गर्ने वा के गर्ने भन्ने बिषय रहेको उहाँले बताउनु भयो ।











प्रतिक्रिया