ट्रक पल्टिएको स्थानमा क्रेन नपुग्दा पूर्वपश्चिम राजमार्ग ठप्प


नेपाल समाचारपत्र, काठमाडौँ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट बुटवलतर्फ आइरहेको नवलपरासीको बर्दघाट नजिकै दाउन्नेमा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ ।
आज साँझ ७ बजेतिर ना ६ ख ६०१४ नंम्बरको ट्रक सडकको बीच भागमै पल्टिएपछि सडक अवरुद्ध भएको जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ट्रकलाई सडकबाट हटाउन दुर्घटनास्थलमा अझै क्रेन पुगि नसक्दा सडक खुल्न केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।