गाडीको ठक्करबाट बालिकाको मृत्यु


जाजरकोट ।
जाजरकोटमा गाडीको ठक्करबाट आज साँझ एक बालिकाको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट भेरी नगरपालिका–१ रावतगाउँका पृथ्वीबहादुर रावतकी आठ वर्षीया छोरी रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ । खलंगादेखि रिम्नातर्फ गइरहेको भेरी गंगा यातायात समितिको ना ४ छ ९७२४ नम्बरको गाडीको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि जाजरकोट अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सवारी चालक धर्मराज बुढा र सवारी धनी विवश शाहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिनुभयो।
रासस