अज्ञात व्यक्तिद्वारा मध्यरात गोठमा आगजनी, ४ खसीबोका जलेर मरे


सीताराम चौधरी, कपिलवस्तु ।
अज्ञात व्यक्तिले कपिलवस्तुको एक गोठमा आगजनी गरेका छन् । मध्यराति कपिलवस्तुको शिवराज नगरपालिका ३, समिति चोकस्थित तोमबहादुर के.सी.को गोठमा अज्ञात व्यक्तिद्वारा आगजनी भएको हो । आगजनीबाट गोठमा बाँधिएका दुई खसी, एक बोका र एक बाख्री जलेर मरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

गोठमा आगो लागेको थाहा पाएपछि पीडित तोमबहादुर र छिमेकीले गोठमा बाँधिएका गाई फुकाएर बाहिर निकाए भने बाख्रालाई फुकाउन नसकेपछि जलेर नष्ट भएको पीडितको भनाई छ । राति नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यक्तिहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगजनीबाट गोठको डाँडाभाटा, भुस, पराल सम्पूर्ण जलेर नष्ट

 

भएको छ । आगजनीबाट झण्डै दुई लाख ५० हजारको क्षति भएको बताइएको छ । आगजनीबाट थप अनुसन्धान अघि बढाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।