महिला संघद्वारा कानुन मन्त्रीको पुत्ला दहन


विजय नेपाली,  ।
नेपाल नगर महिला संघ कास्कीले कानुन मन्त्री शेरबहादुर तामाङको पुत्ला जलाएका छन । नेपाली काङ्ग्रेस निकट महिला संघले वङगलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलिको अस्मिता माथी प्रहार गरेको भन्दै कानुन मन्त्री तामाङको पोखरामा पुत्ला जलाएका हुन ।

नेपाली काङ्ग्रेस पार्टी कार्यालय चिप्लेढुङ्गाबाट शुरु भएको पुतलासहितको विरोध र्याली बिपि चोकमा गएर कोण सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै नेपाल नगर महिला संघ कास्कीकि सभापती माया बरालले राज्यको महत्वोपुर्ण व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनुले उसको बिचार छर्लङ्ग पारेको बताइन । उनले भनिन लाचार मन्त्रीले नेपाली महिला माथी हेर्ने हेराइ नकरात्मक रहेको टिप्पणी गर्दै मन्त्रीलाई तत्काल कार्वाही नगरेआन्दोलन थप चर्काउने बताइन । आफ्नो उज्ज्वल भविष्यको लागि मात्र नभएर रास्ट्रको हितका लागि समेत डाक्टर पढ्न गएका माथी अस्वभाविक रुपमा दिएको अभिव्यक्ति मनोबैज्ञानिक बलात्कार रहेको बताइन । सोहो सभालाइ सम्बोधन गर्दै कास्की जिल्ला काङ्ग्रेस सभापती कृष्ण के।सिले कम्युनिस्ट सरकारले आफ्नो असली रुप देखाएको बताए । कम्युनिस्ट शासन शुरु भए देखिनै जनतालाइ दुख दिदै आएको र अब जनता चुप नबस्ने बताए ।

 

अधिनायकवादी लाचार सरकारले समस्याको समाधान तत्काल गरि आमजनतालाइ माफी नमागे कम्युनिस्ट सरकार ढाल्ने बताए । कम्युनिस्ट सत्ता लागू भएसङै मूल्य वृद्धि, डा। गोबिन्द के सिको मागलाई वेवास्ता गर्नु,शान्तिपुर्ण आन्दोलन माथी प्रहरी दमन र नेपाली नारीको अस्मिता माथिको प्रहारले एकलौटी सामान्तवादी सासन सुरु भएको र यो धेरै नटिक्ने उनले बताए । सोही क्रममा बोल्दै नेविसंघ केन्द्रिय सदस्य भानु ढकाले नारी माथी गरेको अभद्र व्यवहार र गोविन्द के सिको ज्यान लिन खोजेको आरोप लगाउदै गोबिन्द केसि को जीवन रक्षा गरि कानुन मन्त्रीलाई तत्काल कार्वाही नगरे राजतन्त्र ढाले जसरी कम्युनिस्ट सासनको नाम निशाना नै मेटाउने उनले बताए । उच्च शिक्षा हासिल गर्न बिदेश गएका चेलीबेटीको इज्जत माथी गरेको प्रहारले सम्पुर्ण राज्यको बेइज्जत भएको र कार्वाही नगरे नारी सडकमा उत्रने महिला संघ कास्की जिल्ला सचीव सीता गुरुङले बताइन ।

अहिले पुत्ला मात्र जलाएका छौ, कानुन मन्त्रीलाई कार्वाही नगरे ओलि र शेरबहादुर तामाङलाई नै जलाउने छौू उनले भनिन । अधिनायकवादी शासन सत्ताले जनतालाइ निकै दुख दिदै सामान्तवादी राज्य सता नचाहिने उनले बताइन । कम्युनिस्ट शासनको अलोकतान्त्रिक पदति विरुद्ध आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन।