नेपाल चिकित्सक संघद्धारा देशभरका सम्पूर्ण स्वास्थ्य संस्थालाई चार बुँदे उर्दी जारी


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चार बुँदे उर्दी जारी गरेकोे छ ।
डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा सञ्चालन गर्न आहृवान गरेसंगै चिकित्सक संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाएको छ ।
देशभरका चिकित्सकहरुलाई आआफ्नो जिल्लामा रिले अनसन, र्‍याली, धर्ना लगायतका विरोधका कार्यक्रम गर्न र नागरिक समाजसँग मिलेर शशक्त विरोधमा उत्रन समेत आग्रह गरेको छ ।