दोहोरो कर हटाउन ईट्टा व्यवसायीद्धारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र


बुटवल ।
दोहोरो कर हटाउन ईट्टा व्यवसायीले प्रदेश सरकारसंग माग गरेका छन् ।
ईट्टा बनाउनका लागि प्रयोग गरिने भस्कट र माटोमा दोहोरो, तेहोर कर लगाईएको व्यवसायीले गुनासो गरेका छन् ।
दोहोरो कर तिरेर व्यवसाय चलाउन समस्या भएको भन्दै ईट्टा व्यवसायीले पांच नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई सोमबार ज्ञापन पत्र बुझाएका छन् ।

ईट्टा बनाउदा प्रयोग हुने भस्कट र माटाको कर जिल्ला समन्वय समिति, स्थानीय तहले किसानहरुबाट माटो खरिद गर्दा र निकासी गर्दा कर लगाएकाले इट्टा उद्योगहरु दोहोरो तेहोर कर तिर्न बाध्य बनाईएको व्यवयीको भनाई छ ।
माटो र भस्कटको कर एकद्वार प्रणालीबाट उठाउने व्यवस्था मिलाई दिन प्रदेश नम्बर पांचका ईट्टा उद्योग व्यवसायीले प्रदेश सरकारसंग माग गरेका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले दोहोरो कर उठाउने प्रदेश सरकारको नीति नभएको बताउनु भयो । उहांले एउटै करलाई दुई ठाउं तिर्न नपर्ने बताउंदै मुख्यमन्त्री पोखरेलले प्रदेशले लगाउने करमा एकरुपता हुने बताउनु भयो ।
उहांले वातावरणीय प्रभावलाई ख्याल गरेर उद्योगहरु सञ्चालन गर्न समेत आग्रह गर्नु भयो । प्रदेश नम्बर पांच ईट्टा व्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले स्थानीय तहले दोहोरो कर उठाउंदा व्यवसायी धरापमा परेको बताउनु भयो ।

दोहोरो तेहोरो कर उठाउने परिपाटीको अन्त्य नभए ईट्टा व्यवसायी पनि डुब्ने र बैंकहरु पनि डुब्ने बताउनु भयो । दाङ उपत्यकाको ईट्टा उद्योगहरुमा आगामी पुस २० गतेबाट र रुपन्देही, नवलपरासी, कपिलवस्तु, बांके, बर्दिया लगायतका जिल्लामा माघ १५ गतेपछि अग्नी प्रज्वलन गराउने गरी तयारी गरिएको व्यवसायीले जानकारी गराएका छन् । वातावारणमा भएको प्रदुष्णलाई ख्याल गरी अग्नी प्रज्वलन गरिने व्यवसायीको भनाई छ । नेपाली कामदारको अभावले भारतबाट कामदार ल्याएर काम गराउंदा समस्या भएकाले हजारौ नेपाली युवाहरुलाई रोजगार दिन सकिने व्यवसायीले बताएका छन । प्रदेश नम्बर पांचका विभन्न जिल्लामा १ सय ७० बढी सञ्चालित ईट्टा उद्योगमा ४ देखि ५ अर्व लगानी रहेको संघका अध्यक्ष घिमिरेले बताउनु भयो ।