डा.केसीले थालेको आन्दोलन पुरा हुँदैनः मुख्यमन्त्री गुरुङ्ग


नवलपरासी ।
प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा गोविन्द केसीले थालेको आन्दोलन पूरा नहुने बताउनुभएको छ ।

पूर्वी नवलपरासीको कावासोतीमा आज ४० आंै पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका मुख्यमन्त्री गुरुङ्गले तत्कालका लागि डा केसीको माग पूरा हुन नसक्ने बताउनुभयो ।

कम्युनिस्ट पार्टीको सरकारले जुनसुकै बेला पनि शिक्षा र स्वाथ्य क्षेत्रलाई राष्ट्रियकरण गर्न सक्ने भएपनि निजी क्षेत्रको लगानी सुरक्षित गर्नपर्ने अफ्ठेरो परिस्थितिका कारण समय लाग्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री गुरुङ्गले काँग्रेसले आफ्नै सरकार छँदा त्यस्तो माग किन पूरा गरेन भनेर प्रश्न गर्नुभयो ।
रासस