पाशुपती क्षेत्रमा ११ दिवसीय शिव पुराण सुरु


मदनकृष्ण सिलवाल, काठमाडौँ । 

हिन्दूधर्मावलम्वीहरुको आस्थाको केन्द्रविन्दु मानिने पाशुपत क्षेत्रमा आजबाट ११ दिवसीय संगीतमय शिव पुराण कथा प्रवचन कार्यक्रमको सुभारम्भ भएको छ ।
हरिशयनी एकादशीको पावन अवसर पारी पूर्व युवराज्ञी तथा हिमाली टष्टकी अध्यक्ष हिमानी शाहद्वारा सो शिव पुराणको उद्घाटन गरिएको हो । सो अवसरमा सभासद् गगन थापा, प्रतिनिधि सभा सदसय नरोत्तम वैध लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय ख्यातिप्रांप्त वाचन साधिका विदुषी माताश्री सपनादेवी श्रेष्ठको मुखारविन्दबाट संगीतमय शिव पुराण कथा श्रवण गर्न सकिने शिवपुराण आयोजक मूल समारोह समितिका संयोजक रामभक्त श्रेष्ठले बताउनुभयो । पशुपत क्षेत्र, इतापाखा चौतारा परिसरमा उक्त शिव पुराण कथा वाचन कार्यक्रम साउन १७ गतेसम्म रहने आयोजकले जनाएको छ । 

मध्यान्ह १२ः००० बजेदेखि ४ः०० बजेसम्म दैनिक सन्ध्या महाआरती एवं भक्ति संगीत र साँझ ५ देखि ८ बजेसम्म विविध पूजाआजासहित साउन १७ गते समापन गरिने शिवपुराण आयोजक मूल समारोह समितिका सचिव केदारमान भण्डारी जानकारी दिनुभयो ।
यो कार्यक्रम सम्पन्न गर्नका लागि सह–आयोजकको रुपमा स्थानीय संघसंस्थाहरु पशुपति इतापाखा उपभोक्ता समाज, जय बाबा पशुपति महिला विकास संस्था, पशुपति सिर्जनशील युवा क्लब, श्री शक्ति महिला समूह, टोल सुधार समिति– पशुपति, जयवागेश्वर युवा क्लब, गौरीनगर सुधार समिति, नवरस स्काउट ट्रुप, ताम्रेश्वर महिला परिवार, पशुपति बजार व्यवस्था समिति, श्री पशुपति नाथ भण्डारी महिला समूह, श्री गृहेश्वर मन्दिर व्यवस्था समिति, पशुपति नित्य ारती परिवार, पिंगला लायन्स क्लब, जनकल्याण सेवा संघ, किरातेश्वर संगीताश्रम, पशुपति गाइड एसोसिएसन, गुरुमार्ग युवा क्लब, श्री पशुपति इतापाखा टोल सुधार महिला समूह, श्री पशुपतिनाथ सेवक संघ, नव अमर कान्तेश्वर युवा क्लब, नाद स्रगीत पाठशाला, सन्ध्या पुस्तकालय, बाल सारथी एकेडेमी, श्री पशुपति क्लब, सफल महिला समूह–पशुपति, आमा समूह पशुपति, पशुपति फूल व्यापार परिवार, बुहारी महिला समूह, श्री रत्न महिला समूह गुहेश्वरी, श्री पशुपति शुभ भजन समूह, चारुमति मित्र समूह, गृहेश्वरी जनहित युवा क्लब, श्री पशुपतिनाथ संगीत कला प्रतिष्ठान, बालकुमारी चेलीवेटी समूह, पशुपतिनाथ गंगा आरती परिवार र देउला समाज तिलगंगाले आआफ्नो ठाउँबाट जिम्मेवारी सहयोग गरेका छन् ।