उपकुलपति र रजिस्टार ६ महिना देखि अनुपश्थित, अन्य कर्मचारीको उपस्थिती पनि प्राय शुन्य


हरकसिंह धामी, कञ्चनपुर ।
सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयमा उपकुलपति र रजिस्टार अनुपस्थित भएको ६ महिना भएको छ । केन्द्रिय कार्यालयमा अन्य कर्मचारीहरुको उपस्थिती पनि प्राय शुन्य भएको छ । उपकुलपति र रजिष्टार नहुदा विश्वविद्यालयका धेरै कामहरु प्रभावित भएका छन् बिभिन्ना क्षैक्षिक मुद्धा लिएर भेटन आउनेहरु समेत गेटबाटै फर्किनुपर्ने बाध्यता रहेको छ । केन्द्रिय कार्यालयमा अन्य कर्मचारीहरु समेत नहुने भएका कारण अन्य सेवाहरु समेत प्रभावित भएका छन । विश्वविद्यालयको बिभिन्न

सेमेस्टरको परिक्षाफल प्रकाशित हुन झण्डै एक बर्ष भन्दा बढी लाग्ने गरेको छ । केन्द्रिय कार्यालयमा रहेका श्रोतसाधनहरुकरो पनि निक्कै दुरुपयोग भएको पाईन्छ ।

नेपाल समाचार पत्र सहित केहि पत्रकारहरुको टोली सोमबार २ः१५ बजे विश्वविद्यालयको केन्द्रिय

कार्यालयमा पुग्दा दुइ तीन जना डिन बाहेक अधिकांस जसो कर्मचारीका कुर्सिहरु खाली देखिन्थे । कर्मचारीहरु नभएको भएपनि पंखाहरु भने चालु अवस्थामा थिए । कार्यालयमा एक जना कार्यालय सहयोगि र एक जना शुरक्षा गार्ड बाहेकका कर्मचारीहरु देखिदैन थिए । शु

दुरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक खगेन्द्र जोशीले उपकुलपती र रजिस्टार ६ महिना देखि अनुपस्थित रहेको भन्दै अन्य कर्मचारीहरु समेत केन्द्रिय कार्यालयमा अनुपस्थित हुने गरेको बताउनुभ

एको छ । आफुले आफनो विभागिय प्रमुखबाट परक्षा नियन्त्रणमा सारिएको बिषयमा सुचना माग्न आएको तिन दिन सम्म कर्मचारी नभेटिएका कारण सुचना नपाइ फर्किनु परेको बताउनुभएको छ ।

विद्यार्थी नेता कैलाश चन्द गिरीले विश्वविद्यालयमा कर्मचारीहरु नबस्ने गरेको र त्यसमा पनि

उपकुलपति र रजिस्टार लामो समयदेखि अनुपस्थित हुनुले विश्वविद्यालय नै मार्कामा परेको भन्दै यस्तो बेथिति समयमै नसच्याए बिद्यार्थीहरु आन्दोलनमा उत्रिन बाध्य हुने बताउनुभएको छ । यसरी उपकुलपति र रजिष्टार संगै अन्य कर्मचारीहरु समेत अनुपस्थित हुने भएपछि विश्वविद्यालयका धेरै काम कार्वाहीहरु प्रभावित बनेका छन् ।