नेपाल समाचारपत्र
ललितपुर,
महानगरीय प्रहरी परिसर ललितपुरले तीन जना प्रहरीलाई सोमबार पुरस्कृत गरेको छ ।
परिसरले सिटिजन्स बैंक ईन्टरनेशनल काठमाडौंबीच भएको सम्झौता अनुसार असार महिनाभित्र तीन वटा क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरेको हो ।
असार महिनाभित्र अपराध अनुसन्धान तथा कारबाहीको मुल्याकंन गर्दै दुई थान पेस्तोल र ५६ राउण्ड गोली सहित समातिएकोमा प्रहरी निरीक्षक खुमलाल भुसाल, जनमैत्री सामाजिक सचेतनामूलक कार्यक्रमतिर प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ, प्रहरी परिचालन शान्तिसुरक्षा व्यवस्थापनमा प्रहरी निरीक्षक मिनबहादुर तामाङलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुलाई बैंकका प्रमुख कार्यकारिणी अधिकृत राजनसिंह भण्डारीले नगद पुरस्कार जनही २० हजार रुपैयाँ र परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर एैरले प्रशंसा पत्र प्रदान गर्नुभयो ।
यस अघि परिसर र बैंकबीच भएको सम्झौतामा जिल्लामा कार्यरत प्रहरी मध्ये जिम्मेवारीमा उत्कृष्ट हुने तीन जनालाई प्रत्येक महिनाको पहिलो साता पुरस्कृत गर्ने भनिएको छ । बैंकले तीन जना प्रहरीलाई जनही २० हजारका दरले जम्मा ६० हजार एक वर्षमा दिन ७ लाख २० हजारको कोष खडा गर्ने पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत भण्डारीले सम्झौताबाट बैंक र प्रहरीबीच सहकार्य र प्रहरी मेरो साथीको भावना वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। प्रहरी प्रमुख एैरले आफूलाई जिम्मेवारी दिइएको काममा लगनशील भएर लाग्ने हरेक पुलिसलाई पुरस्कार प्रदान गर्न सकिने बताउँदै यसबाट जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु काम प्रति अझ उत्तरदायी हुने धारणा राख्नुभयो ।











प्रतिक्रिया