उपत्यकामा अबैध रुपमा हुण्डीको कारोवार गर्ने ५ जना समातिए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा हुण्डीको कारोवार गर्ने गरेको गोप्य सुचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले मिति सोमबार दिउँसो काठमाडौंको न्यूरोड र कुलेश्‍वर क्षेत्रका बिभिन्न स्थानहरुमा चेकजाँच गर्दा करिब ३५ लाग नगद र चेक रकमसहितको बिवरण फेला पारेको हो ।

हुण्डी कारोबार गरिएको कागजातसहित अभियुक्तहरुलाई प्रारम्भिक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।