मिस टिन प्लस टुको ट्यालेन्ट

0
Shares

स्टार वन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता मिस टिन प्लस टुअन्तर्गत शनिबार राजधानीमा ट्यालेन्ट शो अयोजना गरेको छ।

आगामी साउन १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने चौथो संस्करणको प्रतियोगिताका अन्तिम प्रतिस्पर्धीबीच ट्यालेन्ट शो गरिएको हो। ट्यालेन्ट शोबाट एक जना मिस ट्यालेन्ट चयन हुने र सोको घोषणा अन्तिम स्पर्धाका दिन हुने इभेन्ट निर्देशक पूजा निरौलाले जानकारी गराइन्। ट्यालेन्ट शोअन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकलालगायतका आफूमा अन्तर्निहित विशेष प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए। ट्यालेन्ट शोमा रंगकर्मी वीरेन्द्र हमाल, सञ्चारकर्मी शारदा अर्याल, मिसेस नेपाल आइकन शान्ता लामा, अध्यापक तथा संगीतकर्मी सरोज प्याकुरेल र मोडल राज लुइँटेल निर्णायक रहेका थिए।

प्रतियोगिता बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुनेछ।