हजार्ड बिक्री नहुने


लन्डन, (एजेन्सी)
इंग्लिशप्रिमियर क्लब चेल्सीले बेल्जियमकाआफ्ना स्टार खेलाडी इडेन हजार्ड बिक्रीनहुने बताएको छ ।

चेल्सीलाई हजार्ड आवश्यक रहेकोले बिक्रीनगर्ने बताएको हो। यसअघि हजार्डले सन् २०२० सम्म चेल्सीमा रहने गरि सम्झौता गरेका छन् । सन् २०१९ सम्मचेल्सीले हजार्डलाई अन्त पठाउने कुनै सोच नबनाएको जनाइएको छ । उक्तसिजनको खेलमाआफ्नो मुख्य खेलाडी गुमाउने पक्षमा चेल्सी देखिँदैन । स्पेनिस क्लब रियल मेड्रिडले स्टार खेलाडी रोनाल्डोलाई इटालियन क्लबयुभेन्ट्सललाई बिक्री गरेपछि स्टार खेलाडीको खोजीमा रहेको छ । यस्तैमा रियलले हजार्डलाई भित्र्याउनेइच्छा राखेको थियो ।

तर चेल्सीले हजार्डलाई तत्काल पठाउन नसकिने संकेत गरेको हो । चेल्सीले हजार्डलाई हालै साताको ३ लाख पाउण्ड तलबदिने प्रस्तावलाई अस्विकार गरेका छन् । यद्यपी चेल्सीले हजार्ड बाहिरिने कुरामाभनेविश्वास गरेको छैन । विश्वकपको समयमा हजार्डले आफू खुल्ला रहेको बताएकाथिए । तर चेल्सीले भने उक्त कुरालाई खण्डन गरेको छ ।