बीपीको स्मृतिमा मन्दिरपरिसरमा वृक्षरोपण

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
नेपाली कांग्रेस मकवानपुरले राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक वीपी कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा साताब्यापी कार्यक्रमअन्तर्गत् दोस्रो दिन हेटौंडा–५ को रुद्रेश्वर मन्दिरपरिसरमा आइतबार वृक्षरोपण गरेको छ ।

नेपाली कांग्रेस वडा समिति, तरुण दल जिल्ला समिति, महिला संघ जिल्ला समिति, विद्यार्थी संघ जिल्ला समिति र ट्रेड युनियन कांग्रेस जिल्ला समितिको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।

कांग्रेस ५ नम्बर वडा सभापति एवम् ट्रेड युनियन जिल्ला अध्यक्ष यम श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डीना), विशिष्ट अतिथि मकवानपुर पार्टी सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, रुद्रेश्वर पर्यटन विकास समिति अध्यक्ष राजीव सुवेदीले वीपीले पार्टी, देश र जनताप्रति गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदीप कोइराला, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागार्इं, नगर सभापति आनन्दराम पराजुलीलगायत जिल्लाका नेता, भ्रातृ तथा सुभेच्छुक संघसंस्थाका पदाधिकारी एवम् सदस्य र कार्यकर्ताले बिरुवा रोप्नुभएको थियो ।