कृषिमा प्रविधि भित्र्याउँदै सुपरजोन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
प्रधानमन्त्री सुपरजोन कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न स्थानमा कृषि औजारहरु हस्तान्तरण गरिएको छ । कृषि पेशालाई ब्यवसायीक रुपमा आधुनिक र प्रविधीमैत्री बनाउने उदेश्यले कार्यक्रम लागु भएका स्थानहरुमा औजारहरुको हस्तान्तरण गरिएको हो ।

कार्यक्रम अन्र्तगत आईतबार बनेपा नालामा कवज कृषि सहकारी संस्था लिमिटेडलाई ५० प्रतिशत अनुदानमा १३ लाख रुपैयाका कृषि औजारहरु हस्तान्तरण गरिएको छ । सुपरजोन कार्यक्रमले ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि सहकारीका तर्फबाट सदस्यहरुले ५० प्रतिशत रकम लगानी गरी औजारहरु खरिद गरिएको अध्यक्ष भवानी दाहालले बताईन् ।

बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल र सुपरजोन कार्यक्रमका प्रमुख किशोर पन्तले समुहका अध्यक्ष भवानी दाहाललाई खरिद गरिएको सामाग्री हस्तान्तरण गरेका थिए ।

नाला क्षेत्रलाई आलुको पकेट क्षेत्र बनाउने अभियान अनुसार विभिन्न कार्यक्रम शुरु भएको छ । सोहि कार्यक्रम अनुसार आलु उत्पादन र आलुको खेतिलाई सहयोग पु¥याउने उदेश्यले तीनवटा काम एउटै मेशिनबाट हुने गरी जोत्ने, आलुको ड्याङ्ग पार्ने र गोड्ने मेशिन खरिद गरिएको छ । जसका लागि जनशक्ति कम हुँदा पनि मेशिनको माध्यमबाट एकै दिन धेरै क्षेत्रको काम गर्न सकिने भएको छ ।

त्यस्तै आलुको ग्रेड छुट्टयाउने मेशिन पनि खरिद गरिएको छ । सबै किसिमका आलु एउटै डालोमा राखेर विक्री गर्दा मुल्य उपयुक्त नआउने भन्दै कार्यक्रम मार्फत आलुलाई तीन ग्रेडमा विभाजन गरी फरक फरक मुल्य कृषक आफैले कायम गर्ने उदेश्यले उक्त मेशिनको प्रयोग गर्न लागिएको हो ।

त्यस्तै कृषकहरुका लागि पशुपालनमा सहयोग पु¥याउने उदेश्यले भुस्सा काट्ने मेशिन २३ थान, खेतमा जोत्ने ट्रयाक्टर ३० थान, ड्याङ्ग पार्ने गोड्ने र जोत्ने ट्रयाक्टर एक थान, एस्प्रे पम्प १ सय थान, धान चुट्ने मेशिन ३ थान, मकै छोडाउने मेशिन ३ थान औजार हस्तान्तरण गरिएको थियो । औजार हस्तान्तरणसँगै कृषकहरुलाई त्यसको प्रयोग गर्ने तरिकाको तालिम समेत प्रदान गरिने सुपरजोन कार्यक्रमका प्रमुख पन्तले बताए ।

आफुले उत्पादन गरेको आलु लगायतका तरकारीको मुल्य आफै तोक्नु पर्नेमा पन्तले जोड दिए । मेहनत गरेर उत्पादन गरेर ल्याएको तरकारीको मुल्य तेश्रो पक्षले तोकिदिँदा उचित मुल्य कृषकले पाउन नसकेकाले समुह सहकारी तथा स्थानीय सरकारले तरकारीको मुल्य हरेक दिन तोकिदिनु पर्ने पन्तले बताए ।

कार्यक्रममा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले कृषि औजार हस्तान्तरणले कृषि प्रणालीमा थप आधुनिकता र ब्यवसायिकता आउन सक्ने बताईन् । नगरपालिकाको प्रमुख दायित्व कृषि र पशु ब्यवसायलाई सहयोग पु¥याउने रहेकाले प्रविधिको सदुपयोग गरेर उत्पादन बढाउन नगरबासि कृषकहरुलाई आग्रह गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले सरकारी अनुदानका सामाग्रीहरुको दुरुपयोग हुने गरेकाले सदुपयोग गरी घट्दै गएको जनशक्तिको अभाव पुर्ति गर्न सहयोग पु¥याउने बताए ।

कार्यक्रममा मस्र्याङ्गदी एफएमका अध्यक्ष गमप्रसाद गुरुङ्ग, सपुरजोन कार्यक्रमका संचालक लक्ष्मी दाहाल, संस्थाकी उपाध्यक्ष जानुका दाहाल, संचालक कमल दाहालले कृषि सहकारीले कृषकहरुका लागि औजार हस्तान्तरण कार्यक्रमले सहयोग पु¥याएको बताएका थिए ।

जिल्लाको पनौती, मण्डन, नाला, नमोबुद्ध, पाँचखाल, ढुंखर्क लगायतका क्षेत्रमा पावर टिलर, मिनि पावर टिलर, पानी तान्ने मेशिन, घाँस काट्ने कटर, विष छर्ने स्प्रे, धान झार्ने मेशिन, पिसानी झार्ने मेशिन, मकै छोडाउने मेशिन लगायत हस्तान्तरण कार्यक्रम रहेको सुपरजोन कार्यक्रमका अध्यक्ष हरिप्रसाद खतिवडाले बताए ।