सीताराम अधिकारी, धादिङ
जिल्ला अदालत धादिङमा विगतको तुलनामा मुद्दाको संख्या बढ्दै जाँदा फैसला संख्या पनि बढेको छ ।
मुद्दा बढेसंगै फैसा गर्ने दरपनि छिटो भएको र दुई वर्ष नाघेका कुनैपनि मुद्दा फैसला हुन बाँकी नरहेको जिल्ला न्ययधिस उमेश कोइरालाले बताउनुभयो ।
आर्थिक वर्ष २०७४।७५ मा १ हजार ७० थान मुद्दा रहेकोमा ७ सय ८९ थान मुद्दा फैसला भयो भने ०७३।७४ मा ८ सय ६० थानमुद्दा मध्ये ४ सय २७ थान मुद्दा फैसला भएको छ ।
०७२।७३ मा ८ सय ८७ थान मुद्दा मध्ये ६ सय ३ थान, ०७१।७२ मा ६ सय ५८ थानमध्ये ४ सय मुद्दाको फैसला भएको हो । मुद्दाको संख्या बढ्दै गएपनि अदालतमा समेत मुद्दा व्यवस्थापनको लागि चाप बढेको छ ।
आर्थिक वर्ष ०७४।७५ मा ६ सय २९ मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा १ सय २५ प्रतिशत बढी अर्थात ७ सय ८९ थान मुद्दा फैसला गर्न सफल भएको कोइरालाले राससलाई जानकारी दिनुभएको थियो ।
अदालतमा भएका मुद्दामध्ये ६० प्रतिशत फैसला गर्ने लक्ष्यभएपनि ७४ प्रतिशत मुद्दा फैसला भइ लक्ष्यको तुलनामा बढी मुद्दा फैसला भएको हो ।
यस आर्थिक वर्षमा मुद्दा परेको दिनमा समेत बालविवाहको मुद्दा फैसला भएको थियो । फैसला भएका मुद्दामध्ये अदालतमा दर्ता भएको छ महिनाको अबधीमा अधिकांस मुद्दा फैसला भएको र निरन्तर सुनुवाइले गर्दा पनि छिटो न्याय दिइएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो ।
गत वर्षको तुलनामा जिल्ला अदालतमा लगत रहेका मुद्दामध्ये ०७३।७४ मा ४९ दशमलब ६५ प्रतिशत फैसला भएकोमा यस वर्ष अदालतको मुद्दाको लगत अनुसार ७४ प्रतिशत मुद्दा फैसला भएको हो । यसवर्ष मुद्दाको संख्या समेत बढेको सम्बन्ध विच्छेदको मुद्दा बढी रहेको जिल्ला न्यायधिस कोइरालाको भनाइ छ ।











प्रतिक्रिया