नेपाल समाचारपत्र
ललितपुर । ललितपुरको नख्खुस्थित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा ५ फीटको फाईबरको बुद्ध मूर्ति प्रतिस्थापन गरियो ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले बुद्ध वचन पाठ गर्दै सो मूर्तिको एक समारोहकाबीच अनावरण गर्नुभयो ।सो अवसरमा भिक्षु मैत्रीले ध्यान केन्द्रको निर्माणले शान्ति, करुणा र आध्यात्मिक ज्ञानको विकासमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
अनावरणपछि महासंघका महासचिव भिक्षु कौण्डन्य, भिक्षु पञ्ञारतनं, भिक्षु पञ्ञासार ,भिक्षु धर्मानन्द र भिक्षु तिस्स लगायतले शान्ति, मैत्रीको कामना गर्दै परित्राण पाठ गर्नुभयो ।
समारोहमा भिक्षु कौण्डन्यले धेरैले ललितपुरको नख्खु भन्ने बितिक्कै जेल सम्झिने गर्दै आएकोमा अहिले नख्खु भन्ने बितिक्कै ध्यान केन्द्रपनि सम्झिन थालेको बताउ“दै यसले ध्यान ज्ञानको अभ्यासबाट सकारात्मक चिन्तन, शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सो अवसरमा प्रदेश नं ३ का प्रदेशसभा सदस्य शोभा शाक्यले दाताले धर्मचित्त राखेर जग्गा दान दिनुभएको उदाहरणले सर्वसाधारण सबैलाई सार्वजनिक हित सरोकारलाई दान दिनुपर्ने सन्देश प्रवाह गरेको धारणा राख्नुभयो । प्रदेशसभा सदस्य शाक्यले केन्द्रको भवन निर्माणको लागि जग्गा उपलब्ध भइसकेको स्थितिमा सबै यथासक्य सहयोग गरेर ध्यान केन्द्र निर्माणलाई साकार तुल्याउनुपर्ने पनि खा“चो औल्याउ“नुभयो ।
सो अवसरमा केन्द्रका अध्यक्ष पुष्परत्न शाक्यले मानिसहरुलाई आध्यात्मिक शान्ति, जीवनमा सकारात्मक उर्जा र सोचको विकासमा ध्यानको महत्व रहेको उल्लेख गर्दै ध्यानको अभ्यास, ज्ञानको चर्चा र देशविदेशबाट आउने बौद्ध भिक्षुहरु राख्न ध्यान केन्द्र बनाउन लागेको जानकारी दिनुभयो ।
समारोहमा केन्द्रको उपाध्यक्ष रामकाजी अवालले भवन निर्माण कार्यमा क्रममा हाल सम्मको प्रगति विवरण बारे जानकारी दि“दै ध्यान र ज्ञानको अभ्यास को लागि बनाउने क्रममा भवनको लागि श्रद्धापूर्वक सहयोग गर्न आग्रह गर्नुभयो । केन्द्रको भवन बनाउनका लागि विभिन्न क्षेत्रबाट यथोचित सहयोग प्राप्त हुने क्रममा दाता तीर्थ शाक्यले गत शुक्रबार पुल्चोकस्थित श्री अक्षेयश्वर महाविहार परिसरमा सो मूर्ति दान दिनुभएको हो । सो कलात्मक मूर्ति कलाकार प्रचण्ड शाक्यले बनाउनुभएको थियो ।
स्थानीय पूर्णचण्डी निवासी दाता दशलाल डंगोल र उहा“की श्रीमती राममाया महर्जनले आफ्ना छोराहरु राम, रामकृष्ण र रत्न महर्जन लगायत परिवारका सबै सदस्यहरुको सम्मतिमा ध्यान केन्द्र बनाउन १ रोपनी १ आना जग्गा एक वर्ष अघि दान दिनुभएको थियो । ‘भिक्षु प्रज्ञाश्रीको प्रवचन सुनेर विहारको लागि जग्गा दान दिने मनस्थिति पैदा गरेको हु“ ।
अहिलेसम्म बुद्ध मूर्ति स्थापना गरी धार्मिक धार्मिक कार्यक्रम गर्न पाउनुले पनि विहार निर्माण कार्यमा सकारात्मक उर्जा थपेको छ । ’जग्गा दाता डंगोलले भन्नुभयो ।बुद्ध मूर्तिका दाता तीर्थ शाक्यले जग्गादाताको उर्जा र उत्साहमा आफूले बुद्ध मूर्ति दान गरेर थप उत्साह मात्र थपेको धारणा राख्नुभयो ।











प्रतिक्रिया