नेपाल समाचारपत्र, काठमाडौँ ।
६ जना पिडितहरुलाई रोजगारीको नाममा विभिन्न प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत घर भई काठमाडौ पेप्सीकोला बस्नेसागर मल्लको नामबाट फेसबुक चलाउने लिलबहादुर मल्ललाई ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँमा पेश गरेको प्रहरीले जनाएको छ ।
पीडितहरुलाई ब्राजिलमा मासिक ७० देखि ९० हजार सम्म तलब पाइन्छ, पछि गएर ग्रिन कार्ड समेत पाईन्छ, ग्रिन कार्ड पाईसकेपछी आफ्नो परिवारहरुलाई समेत लैजान पाईन्छ भन्ने प्रलोभन देखाई ललाई फकाई गरी बिश्वासमा पारी ब्राजिलको भिषा लगाईदिने भनि कोलम्बियाको जाली भिषा समेत बनाई भारतमा पुर्याई ४ दिन सम्म राखेर अलपत्र पार्ने गरेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया