७९ न्यायाधीश सरुवाका लागि सिफारीस

0
Shares

काठमाडौं, (नेस) । दुई वर्ष अवधी पुरा भएका न्यायाधीशरुको सरुवा प्रकृया अघि बढेको छ । न्यायाधीश पदमा कार्यरत दुई बर्ष नाघेका उच्च अदालतमा कार्यरत ७९ जना न्यायाधीशको सरुवाका लागि न्याय परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी समक्ष सिफारीस गरेको हो । आइतवार वसेको परिषद्को वैठकले सात वटै प्रदेशमा रहेका उच्च अदालतहरुमा न्यायाधीशहरुको सरुवा गर्न सिफारिस गरेको हो ।

कायमकुमायम प्रधानन्यायाधीश दीपकराज जोशीको अध्यक्षतामा बसेको बैठकले असार मसान्त समाप्त भएकाले २ वर्ष पदावधि पुगेका न्यायाधीशहरुको नियमित सरुवा भएको न्याय परिषद्का प्रवक्ता बिकला पौडेलले नेपाल समाचारपत्रलाइ जानकारी दिनुभयो । न्याय परिषद्का प्रवक्ता पौडेल भन्नुहुन्छ,–‘यो नियमीत प्रकृया हो । न्यायाधीश सरुवाको काम परिषद्को वैठकले गर्ने हो ।’

न्याय परिषद्को बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ,–‘संविधानको धारा १४३ को उप–धारा ९२० तथा न्याय परिषद् ऐन, २०७३ को दफा २७ बमोजिम परिषद्ले उच्च अदालतका न्यायाधीश सरुवाको सिफारिस प्रधानन्यायाधीश समक्ष गर्ने ’

न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले उच्च अदालतका न्यायाधीशलाई एक उच्च अदालतको न्यायाधीशबाट अर्को उच्च अदालतको न्यायाधीशमा सरुवा गर्न सक्ने संवैधानिक व्यवस्था छ । वैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश रमेश पोखरेललाई तोक्न सरकारलाई परामर्श दिने पनि निर्णय गरेको छ ।

 

नेपालको संविधानको धारा १४३ तथा सैनिक ऐन, २०६३ को दफा ११९ बमोजिम न्यायाधीश तोक्न दिने निर्णय गरेको हो । यस्तै, भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा २६ को उपदफा (२) बमोजिम पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश रेवन्त कुंवरलाई तोक्न सरकार समक्ष सिफारिश गर्ने बैठकले निर्णय गरेको हो ।