धादिङ, (नेस)
धादिङको सिद्धलेक र थाक्रे गाउँपालिकामा आइतबार भएको छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका वडा न.ं ८ मा पैदलयात्रीलाई ठक्कर दिँदा एक जना बालकको ज्यान गएको छ ।
बिरगंजबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ६ प ५१७५ न.ं को कोइला बोकेको ट्रकले ठक्कर दिँदा मकवानपुर जिल्ला थाहा नगरपालिका निवासी ९ वर्षीय रंजीत मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर वि.क.ले जानकारी दिनुभयो ।
घटनापछि धार्केबजारमा बजारबासीले राजमार्ग अबरुद्ध गरेका छन् भने ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि सिद्धलेक गउँपालिका फिसफिसेटारमा स्कूलबसले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको बा ९२ प ८११० न.ं को मोटरसाइकललाई बा २ ख ८९९६ न.ं को स्कूल बसले ठक्कर दिँदा मोटरसाइकल चालक ज्वालामूखी गाउँपालिका वडा न.ं ४ निवासी १९ वर्षीय सुजत भण्डारीको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएकोले गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।











प्रतिक्रिया