मुना कार्की, काठमाडौँ ।
नेपालले आयोजनाको जिम्मा पाएको तेह्रौँ दक्षिण एसियाली खेलकूद ९साग० प्रतियोगितामा यसपटक नेपालबाट नयाँ खेल प्याराग्लाइडिङलाई समावेश गरिएको छ ।
सागमा पर्यटन प्रवद्र्धनका लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ प्याराग्लाइडिङ र दक्षिण एसियाली राष्ट्रमा लोकप्रिय रहेको खेल क्रिकेटलाई पनि थप स्थान दिएको नेपाल ओलम्पिक कमिटी ९एनओसी०का अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो ।
सागमा क्रिकेट भने दोस्रो पटक समावेश गरिएको हो । यसअघि बंगलादेशमा सन् २०१० मा भएको ११ औँ संस्करणको सागमा क्रिकेट खेलले सहभागिता जनाएको थियो । सागमा नेपालबाट जम्मा २७ खेलको प्रतिनिधित्व हुनेछ । पहिले २५ खेलले मात्र भाग लिने निर्णय गरिए तापनि आयोजक राष्ट्रको हिसाबले थप दुई खेललाई प्राथमिकता दिएको एनओसीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्याराग्लाइडिङ र क्रिकेटसँगै आर्चरी, एथ्लेटिक्स, व्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फूटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते र खोखो छन् ।
त्यसैगरी सुटिङ, स्वाक्स, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्राइथलन, भलिबल, रेसलिङ, भारोक्तन र उसु खेलले नेपालबाट प्रतिनिधित्व गर्नेछ ।
नेपालबाट प्रतिनिधित्व गर्ने कूल खेलमा ३१५ वटा विधामा प्रतिस्पर्धा हुनेछ । एनओसीका अध्यक्ष श्रेष्ठले सागको समय तालिकामा कुनै फेरबदल नगरी निर्धारित समयमै प्रतियोगिता आयोजना गर्ने स्पष्ट पार्दै भन्नुभयो, “नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो लिएकाले तोकिएको समयमै प्रतियोगिता हुनेछ ।” आगामी फागुनमा सञ्चालन हुने सागका खेल काठमाडौँ र पोखरामा सञ्चालन हुनेछ ।
साग सञ्चालन हुन करीब आठ महिना बाँकी रहँदा भौतिक पूर्वाधारको निर्माण कार्य भने चुस्त गतिमा हुन सकेको छैन । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालालगायत अन्य विभिन्न ठाउँको रंगशाला निर्माणाधीन अवस्थामा नै छ ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिता आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिसक्ने बताउनुभयो ।
“साग सञ्चालनको जिम्मेवारी नेपाल सरकारको हो, राखेपले त भौतिक पूर्वाधार निर्माणको जिम्मा मात्र पाएको छ त्यो त हामी समयमा नै पूरा गछौँ, बाँकी सागका तयारी र अन्य काम त सरकारले गर्नुप¥यो नि” सदस्य–सचिव विष्ट भन्नुहुन्छ ।
भारतमा सम्पन्न बाह्रौँ साग समापनसँग तैह्राँै साग आयोजना जिम्मेवारीको झण्डा नेपालले लिएको थियो ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौँ आउनुभएका विभिन्न राष्ट्रका प्रतिनिधिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप० हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण हिजोमात्रै गर्नुभएको थियो ।
प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगतिबारे जानकारी लिनुका साथै कभर्डहल र टेनिस कोर्टको निरीक्षण पनि गर्नुभएको थियो ।
त्यस्तै नेपालले साग आयोजना गर्न लागेको यो तेस्रो पटक हो । प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुने सागको उद्घाटन सन् १९८४ मा नेपालबाटै शुरुआत भएको थियो । त्यस्तै नेपालले दोस्रो पटक भने सन् १९९९ मा आठौँ संस्करणको साग आयोजना गरेको थियो ।
पहिलो सागमा नेपालले चार स्वर्णपदक हात पारेको थियो । त्यतिबेला एथ्लेटिक्सका बैकुण्ठ मानन्धर, बक्सिङका स्वर्गीय खेलाडीद्वय दलबहादुर रानामगर र पुष्करध्वज राना शाहीले नेपाललाई स्वर्णपदक दिलाएका थिए । नेपालले फूटबल खेलमा पनि स्वर्णपदक हात पारेको थियो । पहिलो सागमा नेपालले समग्रमा १२ रजत र आठ कास्यपदक पाएको थियो ।
त्यसपछिको साग सहभागितामा भने नेपालले मिश्रित नतिजा ल्याउँदै आएको छ । नेपालले यसपटकको सागमा राम्रो नतिजा ल्याउने विभिन्न खेल प्रतिनिधिले अपेक्षा गर्नुभएको छ ।
राखेप पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख इञ्जिनियर अरुण उपाध्यायले भूकम्पले क्षतिग्रस्त बनाएको भौतिक पूर्वाधारको निर्माण कार्य तीव्रगतिमा भएको जानकारी दिँदै साग आयोजनाका लागि रंगशाला निर्माण गरिसक्ने बताउनुभयो ।
रासस
प्रतिक्रिया