पाल्पा दुर्घटनामा पाँच घाइते


पाल्पा ।
पाल्पाको तानसेन–७, तिन्टीआपमा आज एकआपसमा भ्यान र ट्र्याक्टर ठोक्किँदा पाँचजना घाइते भएका छन् ।

घाइते पाँचजनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भएको प्रहरीले जनाएको छ ।

दमकडादेखि बासटारी आउँदै गरेको लु १ च ७४२२ नम्बर ट्र्याक्टर र विपरीत दिशाबाट आएको लु २ च ४०२० नंको भ्यान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा तानसेन नगरपालिका–९ का स्थानीय बासिन्दा छन् । घाइतेमा चार वर्षीय आर्यन भण्डारी, ३३ वर्षीय तुल्सा ज्ञवाली, ४४ वर्षीया तारा भण्डारी, २३ वर्षीया अनिता तिमिल्सेना, निजकी छोरी अपेक्षा तिमिल्सेना र हरि राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रासस