भद्रपुरबाट दुइ कारोबारीसहित कपडा बरामद


भद्रपुर ।
वडा प्रहरी कार्यालय भद्रपुरले दुइ कारोबारी र मोटरसाइकलसहित अनुमानित ७० हजार मूल्य बरावरको कपडा नियन्त्रणमा लिएको छ । विषेश सूचनाको आधारमा कार्यालयबाट गएको प्रहरी गस्ती टोलीले भद्रपुर ८ गणेश मन्दीर छेउको भित्रीबाटोबाट आइतबार दिउँसो एकबजे मानिससहित सामान नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

भारतबाट अवैध रुपमा नेपाल तर्फ कालो ठुलो झोलामा राखेर मोटरसाइकलमा ल्याउदै गरेको अवस्थामा प्रहरीले भद्रपुर ५ का २८ वर्षिय दिपक कुमार गणेश र भारत सोनापिण्डी का १८ वर्षिय महेश यादवलाई पक्राउ गरेको वडाका इन्सपेक्टर प्रकाश जबेगूले बताए । तस्करीमा प्रयोग भएको मे ८ प ६९९७ नम्बरको पल्सर मोटरसाइकलसहित पन्ध्ररोल सटिङसुटिङको कपडा बरामद गरिएको इन्सपेक्टर जबेगूले जनाए । सामान भद्रपुरका ठुला व्यापारीको भएको अर्का कारोबारीले दाबी गरेका छन् । बरामद सामान र मानिससहित मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय तस्करी गतिविधि तीब्ररुपमा मौलाएसँगै प्रहरीले निगरानी बढाएको छ ।