सुरुङ निर्माण ९५ प्रतिशत पूरा


रसुवा ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजना प्रमुख छवि गैरेका अनुसार हेड्रेस, पेनस्टक, टेलरेस सुरुङ र विद्युतगृह समेतका स्थानमा निर्माण गर्नुपर्ने करीब नौ किमी सुरुङमध्ये ९५ प्रतिशत काम पूरा भएको छ । बाँकी सुरुङ निर्माणको काम दु्रत गतीमा भइरहेको छ ।

सुरुङ निर्माणको साथसाथै भारी वर्षालाई प्रवाह नगरी रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने तथा विद्युत्गृहमा उपकरण जडानको प्रक्रिया अगाडि बढिसकेको छ । सन् २०२० को फेबु्रअरीसम्म निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारणमा विद्युत् पठाउन आयोजनाका ३३ प्राविधिक, चिनियाँ २४५ लगायत ७०० कामदार कार्यरत रहेको कम्पनीले जनाएको छ ।

बाहिरी भागमा भोटेकोशीको बाँध मात्र देखिने र ठूल्ठूला डिसेन्डर पोखरीसमेतका संरचना भूमिगत रहने, रसुवागढी हाइड्रोपावरको हेडरेस सुरुङको लम्बाई चार हजार २०२ मिटर पेनस्टक १३३ र टेलरेस सुरुङको दूरी ७१३ मिटर रहेको छ । तीमध्ये पानी ल्याउने हेडरेस सुरुङको काम भने १४० मिटर मात्र बाँकी छ ।

काममा संलग्न प्राविधिक र ठेकेदार कम्पनी सिडब्लुई चाइनाले रेडरेस सुरुङ निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको छ । सम्रगमा रसुवागढीको काम ६७ प्रतिशत पूरा भएको छ ।

वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट अर्थात् १११ मेगावाट विद्युत् उत्पादन हुने र उक्त आयोजनाको लागत रु १३ अर्ब ६४ करोड ४० लाख रहेको आयोजनाले जनाएको छ । हेडरेस सुरुङको सहायाताले विद्युत्गृहमा ८० घनमिटर पानी पु¥याई त्यहाँ जडान हुने तीनवटा टरवाइनमध्ये प्रत्येक टरवाइनमा प्रतिसेकेन्ड २६ दशमलब ६७ घनमिटर पानी पठाइने साइट इन्चार्ज इन्जिनियर गौतम खडकाले जानकारी दिनुभयो ।

सन् २०१४ देखि निर्माण शुरु भएको रसुवागढी विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, भूकम्प, टिमुरे–स्याफ्रुखण्डको लिङलिङ सडकमा पहिरोका कारण निर्माणको अवधि दुई वर्ष लम्बिन गएको र अबको काम भने निर्धारित समयमै सम्पन्न गर्ने दृढ अठोट लिई उत्साहित तवरले सबै प्राविधिक अगाडि बढिरहेको आयोजना प्रमुख गैरेले बताउनुभयो ।

रसुवागढी आयोजनाको निर्माणमा सहजीकरणका लागि कर्मचारी सञ्चयकोषले रु छ अर्ब ८४ करोड ऋण प्रवाह गरेको र रु छ अर्ब ८४ करोड भने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवाका स्थानीय तह र रसुवावासी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र सर्वसाधरणको शेयर रहने बताउँदै रसुवागढीका प्रबन्ध निर्देशक माधव कोइरालाले विद्युत् उत्पादन भएको १० वर्षभित्र आयोजना निर्माणमा लिएको ऋण चुक्ता गरिसक्ने बताउनुभयो ।

विद्युत् प्रतियुनिट पुुुुुुस, माघ, फागुन र चैतमा आठ रुपैयाँ ४० पैसा तथा अन्य महिनामा चार रुपैयाँ ८० पैसाको दरले बिक्री हुने भएकाले वार्षिक रु तीन अर्ब २५ करोड आम्दानी गर्ने लक्ष्य राखिएको प्रबन्ध निर्देशक कोइरालाले बताउनुभयो ।

विद्युत् शेयर खरिदकर्ताले शेयर पाएको तीन वर्ष नपुगेसम्म बिक्री वितरण गर्न नपाउने विद्युत् उत्पादन गर्न अब दुई वर्ष लाग्ने र अहिलेको विद्युत् शेयर खरिदकर्तालाई भने विद्युत् उत्पादन भएको एकवर्ष पछि नै दरभाउ बढेको बेला बिक्री वितरण गर्न सहज हुने बताइएको छ ।
रासस