एकीकृत जाँचचौकी भन्सारद्वारा कम राजश्व संकलन


वीरगञ्ज ।
गतवर्ष साउनदेखि लागू भएको आयातनिर्यात कोड ९एक्जिम कोड० लिन व्यापारीलाई समय लागेको तथा बाढीका कारण बाटोघाटो बन्द भएकाले आर्थिक वर्ष २०७४÷७५ मा एकीकृत जाँचचौकी भन्सारले रु तीन अर्ब कम राजश्व उठाएको छ ।

सो कार्यालयले आव २०७४÷७५ मा भारतलगायत तेस्रो मुलुकबाट ३७ प्रतिशत आयात बढ्न गएकाले रु ४६६ अर्ब २८ करोडको सामान आयात भएको छ । आव २०७३÷७४ मा रु १४ अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको थियो ।

उद्योग फष्टाउन नसकेकाले गत आवभन्दा आव २०७३÷७४ मा निर्यात दुई प्रतिशतले घटेको एकीकृत जाँचचौकी ९आइसिपी०ले जनाएको छ । सो कार्यालयले ९८ प्रतिशत लक्ष्य हासिल गर्दै आव २०७४÷७५ मा रु १३८ अर्ब राजश्व उठाउन सफल भएको सूचना अधिकारी सन्तोष यादवले बताउनुभयो । आयात बढी भएकाले लक्ष्य भेट्टाउन सफल भएको हो ।

एघार महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा उद्घाटन गर्नु भएपछि सो एकीकृत जाँच चौकी विधिगत रुपमा सञ्चालनमा आएको हो ।
रासस