वैदेशिक रोजगारीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ


नेपाल समाचारपत्र, काठमाडौँ ।
६ जना पिडितहरुलाई रोजगारीको नाममा विभिन्न प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जि. सुर्खेत, साविक डांडांखाली गा.वि.स. वडा नं. ४ घर भई हाल काठमाण्डौ पेप्सीकोला बस्ने ४४ बर्षीय सागर मल्लको नामबाट फेसबुक चलाउने लिल बहादुर मल्ललाई ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँमा पेश गरेको प्रहरीले जनाएको छ ।

पीडितहरुलाई ब्राजिलमा मासिक रु. ७० देखि ९० हजार सम्म तलब पाइन्छ, पछि गएर ग्रिन कार्ड समेत पाईन्छ, ग्रिन कार्ड पाईसकेपछी आफ्नो परिवारहरुलाई समेत लैजान पाईन्छ भन्ने जस्ता किसिमको प्रलोभन देखाई ललाई फकाई गरी बिश्वासमा पारी ब्राजिलको भिषा लगाईदिने भनि कोलम्बियाको जाली भिषा समेत बनाई भारतमा पुर्याई ४ दिन सम्म राखेर अलपत्र पार्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।