यौन सम्पर्कको प्रश्ताव अस्वीकार गर्दा किशोरीको हत्या


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा एक किशोरले आफ्नी प्रेमिकालाई दोश्रो पटक यौन सम्पर्कको प्रश्ताव राख्दा उनले अस्वीकार गरेपछि हत्या भएको रहश्व खुलेको छ ।
गत असार १८ गते हत्या गरिएको अवस्थामा फेला परेकी पर्साको जगरनाथ गाउँपालिका वडा नम्बर ४ की स्थानीय २८ बर्षीया किशोरी सन्केशा भनिने बनिता चौधरीको हत्यामा संलग्न सोही स्थानका १९ बर्षीय किशोर प्रमेन्द चौधरीलाई पर्सा प्रहरीले पक्राउ गरेपछि यस्तो रहश्व खुलेको हो । बनिता र प्रमेन्द्रबीच बिगत २ बर्षदेख सम्बन्ध रहेको र उनीहरुबीच असार २८ गते स्थानीय भलुवाइ खोला नजिक भेट भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्र्दै प्रहरी उपरीक्षक ढकालले प्रमेन्द र बनिताबीच सहमतिमा एक पटक सोही स्थानमा यौन सम्पर्क भएको र पुनः दोश्रो पटक प्रमेन्दले बनितालाई यौन सम्पर्कको प्रश्ताव राख्दा उनले अस्वीकार गरेपछि प्रमेन्दले बनिताको हत्या गरेको पाइएको बताए । बनिताले लगाएको शलले घांटी थिचेर प्रमेन्दले हत्या गरेको प्रहरीले बताएको छ । हत्यापछि नदी किनारमा बनिताको शव फालेर ऊ फरार भएको अनुसंधानका क्रममा खुलेको प्रहरीले बताएको छ । प्रमेन्द बिरुद्ध कर्तब्य ज्यान मुद्दा अन्तरगत अदालतमा मुद्दा दर्ता गरिएको पनि जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।