खेलकुद मन्त्रालय सुतेर बसेको छ


पोखरा, (नेस)
गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बी सुब्बा गुरुङले खेलकुदको बिकास गर्ने अभिभावक खेलकुद मन्त्रालय सुतेर बसेको बताएका छन ।

अखिल नेपाल फुटबल संघ एन्फाले गण्डकी प्रदेश स्तरिय अन्तरक्रिया एवम कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै मुख्य मन्त्रि गुरुङले खेलकुदलाई समृद्धीको आधार बनाउनुपर्ने बताउदै फुटबलमा नेतृत्व परिवर्तन संगै नयाँ युगको प्रारम्भ भएको बताएका छन ।

“ गणेश थापालाई दोष लगाएर उमकन पाइदैन, अर्को युग शुरु भएको छ, अरुले गरे गरेन भन्ने होइन अब आफैले गरेर देखाउने हो “ मन्त्री गुरुङले भने । फुटबल खेलमा आर्थिक नियमावली नहुदा आर्थिक अनियमितता, खेलकुदमा मिलेमतो हुने कुरालाइ औंल्याउदै खेलकुद सम्बन्धी उचित कानुन र नियमावली निर्माण गर्नुपर्ने बताए ।

प्रदेशको राजधानी पोखरा भएकाले खेलकुदको हव बन्न सक्ने कुरालाई इङ्गित गर्दै मन्त्रि गुरुङले पोखरा हरेक खेलको ‘न्युट्रल भेन्यु’को रुपमा परिचित गर्न सकिने बताए ।

पोखरा फुटबलको ‘होम ग्राउण्ड’ भए पनि संघै उपेक्षाका गरिएको तर्फ ध्यानकर्षण गराउँदै पोखरामा फुटबलको टेक्नीकल सेन्टर स्थापना गर्न एन्फालाई आग्रह गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली फुटबल इतिहासमै पहिलो पटक आर्थिक नियमावली निर्माण गर्न लागेको बताए । नेपाली फुटबलले नयाँ फड्को मार्ने दिशा तर्फ अगाडी वढेको बताउँदै योजनावद्ध ढङले एन्फाले आफ्ना कार्यक्रमहरु ल्याएको बताए ।