नेपाल समाचारपत्र, काठमाडौं
नौ वर्षअघि एक दुर्घटनामा दिवंगत भएका ४ वर्षे बालक यशश्वीजंग कार्कीको स्मृतिमा कीर्तिपुर चोभार क्षेत्रमा विभिन्न शैक्षिक गतिविधि सञ्चालन भएका छन् ।
जेहेन्दार तथा गरिब विद्याथीलाई छात्रवृत्ति, हाजिरी जबाफ प्रतियोगिता, सरसफाइ, अभिनन्दन कार्यक्रम तथा सम्मान एवं प्रमाणपत्र वितरणका कार्यक्रम सञ्चालन भएको यशश्वीजंग कार्की प्रतिष्ठानले जनाएको छ ।
संघीय प्रतिनिधिसभा सदस्य तथा पूर्व युवा तथा खेलकुदमन्त्री राजन केसीको प्रमुख आतिथ्यमा जालपादेवी मन्दिर परिसरमा शनिबार भएको प्रतिष्ठानको साधारणसभा तथा नवौं यशश्वीजंग कार्की स्मृति दिवसका उपलक्षमा प्रतिष्ठानका संरक्षक तथा मृतकका बाबु सुरेन्द्रजंग कार्कीले जानकारी गराउनुभयो ।
साधारणसभामा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने नेपाल आँखा अस्पताल र त्रिपुरेश्वरलाई सम्मान, विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
‘यशश्वीजंग बाँचिरहेका भए आज १३ वर्षका हुनेथिए, शैक्षिक गतिविधिमा सक्रिय हुन्थे र न्यू मिडियाप्रति उनको रुचि हुनेथियो– सामान्यतः आम बालबालिका र किशोर–किशोरीमा यस्तै प्रवृत्ति देखिएको छ, त्यसैले उनीप्रतिका सम्मानका लागि पनि उनका उमेरका बालबालिकाको रुचिलाई प्रवद्र्धन गर्ने काम हामीबाट हुनुपर्छ’ प्रतिष्ठानका अध्यक्ष प्रकाशजंग कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरुले धारणा राखे ।











प्रतिक्रिया