विराटनगर, (नेस)
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अनशनमा बस्नुभएका डाक्टर गोबिन्द केसीलाई राजनितिक स्वार्थमा प्रयोग हुनबाट जोगाउन आवश्यक रहेको बताएका छन । विराटनगर विमानस्थलमा शनिबार बिहान संचारकर्मीसंग कुराकानी गर्दे उनले सरकारले विधि र प्रकृयाबाट विधेयक ल्याउन लागेपनि त्यसलाई नमान्ने अडान लिनु उचित नभएको बताए ।
उनले पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय शिक्षा चिकित्सा विधेयक जस्ताको तेस्तै ल्याउनुपर्ने मांग अनुचित भएको वताउदै संसदमा प्रतिपक्षद्धारा विधेयक टेवुल गर्न नदिनु अधिनायकवाद शैली भएको दाबी गरे । उनले विधेयकमा अनेकौं त्रुटिहरु भएको हुनसक्ने भएपनि ब्यक्ति वा समुदायको नभइ संसदीय विधि र प्रकृयाबाट आफ्ना कुराहरु राख्ने र त्यसलाई समाधान गर्नुपर्ने विचार ब्यक्त गरे ।
सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिदै रक्षामन्त्री समेत रहेका पोखरेलले डाक्टर केसीलाई जुम्लाबाट काठमाण्डौ ल्याउनेक्रममा प्रहरीले गोली नचलाएको बताए । उनले अस्पतालमै गोली चलाइएको कुरा शतप्रतिशत झुटो भएको दाबी गरे ।
उनले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधानगर्न कटिवद्ध रहेको वताए । उनले विधेयक सम्वन्धमा वार्ता गर्न वर्तमान सरकार खुल्ला रहेको धारणा व्यक्त गर्दै यसलाई विधि र प्रकियावाट समाधान गर्नु पर्नेमा जोड दिए ।











प्रतिक्रिया