सञ्जय कार्की, रौतहट
एक नगरपालिकाले गठन गरेको उपभोक्ता समितिमा आफनै कर्मचारी र नातेदार लाई पदाधिकारीमा चयन गरेको खुल्न आएको छ । रौतहटको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिकाका लेखाअधिकृत पवन महतोको साली र दुई जना नगर प्रहरीलाई उपभोक्ता समितिमा राखेको खुल्न आएको छ ।
गौर नगरपालिका–५ कोईरीटोलको पाकडरुख देखि चन्द्रनिगाहपुर गौर जोडने सडक निर्माणको लागि गठन भएको उपभोक्ता समितिको अध्यक्षमा लेखा अधिकृत पवन महतोको साली प्रिन्सी कुमारी महतो र सचिबमा नगरप्रहरी चंचल कुमारी र सदस्यमा नगरप्रहरी मनोज कुश्वाहा रहेका छन । उनीहरु लाई सो सडक निर्माण गर्न जिम्मा दिइएको छ ।
२७ लाखको लागतमा सो समिति लाई करिब नौ सय मिटर लम्बाई र आठ मिटर चौर्डाईमा ग्रयाबेल गर्न नगरपालिकाले कार्यादेश दिएको छ । तर आर्थीक बर्ष समाप्ति भैसक्दा समेत सो समितिको नाममा भुक्तानीको लागि चेक बनाइएपनि निर्माण कार्य अधुरो रहेको जनाइएको छ । निर्माण कार्य समेत स्टीमेट बिपरित रहेको आरोप रहेको छ । नया खनिएको सो सडकमा माटो पुरी ग्राभेल गर्ने रहेतापनि कम उचाईमा निर्माण भएको छ ।
उपभोक्ता समिति गठन गर्दा राजनैतिक दलमा आबद्ध र कर्मचारी लाई समितिमा राख्न नपाउने नीयम बिपरित गौर नगरपालिकाले समिति गठन गरेको बताइएको छ । गौर नगरपालिकाले आर्थीक बर्ष ०७४÷ ७५ को लागि भौतिक पुर्बाधारको निर्माण कार्यका लागि जनप्रतिनिधिका नीकटतम लाई उपभोक्ता समिति चयनमा प्राथमिकता राखेको स्थानीयको भनाई रहेको छ ।
गौर नगरपालिकाका लेखाअधिकृत महतो भने परोहा नगरपालिका र जिल्ला जन स्वास्थ्य कार्यालयको समेत लेखाको जिम्मेबारी सम्हालेका छन ।











प्रतिक्रिया