सेतीमा हामफाले ४ जना, अझै खुलेन रहस्य

0
Shares

विमल विष्ट, डोटी
डोटीको आदर्श गाँउपालिका बडा नं. ४ बस्ने बमवहादुर बोहराकी श्रीमति सहित २ छोरा र १ छोरीले सेती नदिमा हाम फालेका हुन् । बोहराकी २८ वषिया श्रीमति धौली बोहरा, १२ बषिया छोरी राधीका बोहरा, ८ बषिया छोरा सुरेन्द्र बोहरा र ६ बषिया छोरा सुनिल बोहराले सामुहिक रुपमा सेती नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनु भयो ।

तर उनिहरुले किन सामुहिक रुपमा हाम फाले सो कुरो भने अहिले सम्म पत्ता लगाउन नसकिएको प्रहरी प्रबक्ता तथा डिएसपी धामीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘नदिमा हाम फाल्ने धौलीका श्रीमान बमबहादुर लाई हामीले शनिबार जिप्रका बोलायौ,उनिबाट पनि केही कुरा खुलेन हामीले अनुसन्धानको अर्को पाटो खोतल्दै छौ,त्यहाँ बाट केहि रहस्य निस्किन्छ की ।’

कान्छो छोराको कान पाकेकोले उपचार गराउन अस्पताल लैजान्छु भनेर घर बाट श्रीमती हिडेकी र जंगलमा गाई,बाख्रा चराई रहेकी जेठी छोरी र माईलो छोरो लाई पनि संगै लगेर सेतीमा हाम फालेको रहेछ कान्छो छोरो बचेपछि मात्रै हामीले खबर थाहा पायौ भनेर धौलीका श्रीमान बमबहादुर बोहराले प्रहरी सामु बयान दिएका छन् ।

बोहराले आफुलाई श्रीमतीले म बिरामी छु , घर आउ भनेर भारत बाट १५ दिन अगाडी बोलाएको र घरमा कुनै पनि झै झगडा नभएको हुँदा श्रीमतीले हाम फाल्नुको कारण आफुले पनि बुझन नसकेको प्रहरी सामु बयान दिएको डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी धामीले बताउनु भयो ।

सेतीमा हाम फालेका मध्ये बमबहादुर बोहराका ६ बर्षिया छोरा सुनिल वोहरालाई सेती नदिमा माछा मार्दै गरेका मानवहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तिन जना यो समाचार तयार पार्दा सम्म बेपत्ता भएका छन् । किन परिवारका सदस्यहरुले सेती नदिमा सामुहिक रुपमा हामफाले त्यस्को बिषयमा गहन रुपमा छानबिन तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनु भयो ।

उहाँले थप भन्नु भयो ‘बम बोहराका माईती पक्ष,बगेको बच्चा छोप्ने माझी सहित अन्य केही ब्यक्तिलाई पनि सोध पुछका लागि बोलाएका छौ,घटनाको र्निक्यौल अबस्य निस्किन्छ ।’ जिल्ला प्रहरी कार्याल डोटीले बेपत्ताको खोजी कार्य भने जारी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सिमाक्षेत्रमा पर्दछ ।