घरमा २२ केजी चरेस

0
Shares

हेटौंडा, (नेस)
प्रहरीले २१ केजी लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको प्रहरीले मनहरी गाउँपालिका–८ बाट २१ केजी ९ सय ४० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।

खोजतलास गर्दा स्थानीय ५० वर्षीय प्रेमकुमार मोक्तान र पर्सा जगरनाथपुर गाउँपालिका–४ बस्ने वर्ष ५१ का वासुदेव बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । मोक्तानको घर खानतलासी गर्दा प्लाष्टिकका झोलामा लुकाइराखेको लागुऔषध प्रहरीले फेला पारेको हो ।