एकीकृत सम्पत्ति करको विरोध

0
Shares

नुवाकोट, (नेस)
विदुर नगरपालिका वडा नं ५ का स्थानियबासीहरुले विदुर नगरपालिकाले नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाले एकीकृत सम्पत्ति कर बढाएको र त्यो अवैज्ञानिक भएको भन्दै त्यसको विरोधसहित आज विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र उपमेयर गिता दाहालको ध्यानाकर्षण गराएका छन ।

विदुर नगरपालिकाका वडाध्यक्ष शिवकुमार चित्रकारसहित आएको स्थानियवासीको टोलिले नगरपालिकाले स्थानिय तथा जनताको क्षमता र हैसियत भन्दाबढि भएको भन्दै त्यसको विरोध गरेको बताएका छन । हामी कर तिर्नुपछर्ने पक्षमा छौ र तिर्छौ पनि तर त्यो हाम्रो हैसियतभन्दा बढि भयो भन्ने हाम्रो माग हो नेकपाका नेता तथा स्थानियबासी लिलानाथ न्यौपानेले बताउनुभयो । सकारात्मक विकास र कर तिर्नुपर्ने मान्यातामा आफुहरु पनि रहेको भन्दै न्यौपानेले जग्गा नै बेचेर कर तिर्नुपर्ने अवस्था त्यहि उचित र जनताको भावना अनुसारको काम नभएको बताउनुभयो ।

स्थानीयबासीले नगरपालिकाले लगाएको एकीकृत सम्पत्ति कर जनताको हितमा नभएको र आफुहरुले बढाएको कर नर्तिर्ने भन्दै तत्काल निर्णय सच्याउन विदुर नगरपालिकाका मेयर संञ्जु पण्डित र उपमेयर गिता दहाल अर्यालसँग माग गरेका छन ।

स्थानियबासीले नगरपालिकालाई बढेको एकीकृत सम्पत्ति कर हटाउन एकहप्ते अल्टिमेटम दिएका छन । एकहप्तासम्म पनि मागको सुनुवाई नभए नगरभित्रका सबै वडाका जनताहरु ल्याएर आन्दोलन गर्ने चेतावनि दिएका छन । स्थानियवासी हरिणशरण गजुरेलले आफुहरुले मेयर पण्डितलाई एक हप्ताको समय दिएको बताउँदै भन्दै नसच्चाए चुप लागेर बस्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

विदुर नगरपालिका वडा नं ५ का सामाजिक अभियन्ता राजकुमार अर्यालले विदुर नगरपालिकाले अवैज्ञानि ढंगले कर लगाएकोले आफुहरु विरोधमा उत्रिनुपरेको बताउनुभयो । उहाँले आफहरु कर तिर्ने नागरिक रुपमा चिनिन चाहेको भन्दै नगरपालिकाले तत्काल लगाएको कर खारेज गरि सच्चाउन माग गरे ।

त्यस्तै लगाातार १३ वर्ष आफुले पाँचवटा लालपुर्जाको करवापत १३ सय १० रुपैयाँ कर तिर्ने गरेको तर अहिले एकीकृत सम्पत्ति कर नगरपालिकाले बढाएको र त्यसको कर बापत ३५ हजार रुयैया कर तिर्नुपर्ने अवस्था आएको विदुर नगरपालिका वडा नं ५ का स्थानिय तथा एकिकृत राप्रपाका नुवाकोटका अध्यक्ष राकृष्ण भट्टले बताए । भट्टले आफुले नगरपालिकाले बढाएको एकीकृत सम्पत्ति करको रसिद समेत नलिई नगरपालिकाका मेयर समक्ष गुनासो गर्न आएको बताएका छन ।

तर विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले आफुहरुले कर नबढाएको र पुर्व घोषित करको निर्णयलाई लागु गर्न आफुहरुले शुरु गरेको बताएका छन । मेयर पण्डितले एकीकृत सम्पत्ति कर सबै वडाका वडाध्क्षहरुसँगको समन्वयमा लाग गर्न लागेको र नगरपरिषबाट नै पास भएको भन्दै तत्काल विशेष नगरपरिषद बोलाएर मात्र सो संशोधन हुने बताएका छन ।

विदुर नगरपालिकाले केहीमहिना अघि नगरसभा गरि आर्थिक वर्ष २०७५÷७६ को लागि एकीकृत सम्पत्ति कर बढाएको थियो । नगरपालिकाले कर बढाएसँगै आहिले नगरपालिका र जनप्रतिनिधिहरुको चौतर्फि आलोचना हुने गरेको छ ।