दुई बृद्ध मृत अवस्थामा भेटिए


पर्वत ।
पर्वतको कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा दुई जना बृद्ध मृत अवस्थामा भेटिएका छन ।
पर्वतका मोदी गाउँपालिका वडा नं ६ तिलहारकी ६८ बर्षिया धनकुमारी लामिछानेको मोदी खोलाको किनारमा मृत अवस्थामा भेटिएकी हुन भन कुस्मा नगरपालिका वडा नम्बर २ खुर्कोट बस्ने ६६ बर्षिय बलबहादुर नेपाली कुस्माकै अर्मादीमा मृत अवस्थामा भेटिएका हुन ।

शनिबार बिहानै देखि घरबाट हराएकी लामिछानेको शब मोदी गाउँपालिका वडा नं २ पातीचौर बजार नजिकै तल्लो मोदीखोला जलबिद्युत केन्द्रको बाँधमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक बृद्धाको मानसिक सन्तुलन ठिक नभएको बताइन्छ । उनले नदीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै शनिबार बिहान ९ बजेको समयमा कुस्मा नगरपालिका – २ अर्मादी । जिल्ला बयरबोट भन्ने स्थानमा परियार मृत अवस्थामा भेटिएका हुन । मृतकको शब भई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।