नेपाल–रुवाण्डा सम्बन्ध स्थापना

0
Shares

काठमाडौँ ।
नेपाल र अफ्रिकी मुलुक रुवाण्डाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको बाह्य सम्बन्ध १६१ देशमा विस्तार भएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्ताबेजमा शुक्रबार न्यूयोर्कमा आयोजित एक कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाल र रुवाण्डाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र भ्यालेन्टाइन रुगाबिजाले हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशका राजदूतले नेपाल र रुवाण्डाबीच औपचारिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई दिनुभएको थियो । नेपाल र रुवाण्डाले राष्ट्रसंघलगायत अन्य मञ्चहरुमा साझेदारी एवं सहकार्य गर्दै आएका छन् ।
रासस