पराजुली दम्पतीको सांगीतिक सम्बन्ध सार्वजनिक


गायक तथा संगीतकार गणेश पराजुली र गायिका
यशोदा पराजुलीले चौथो गीति अडियो एल्बम सम्बन्ध
बजारमा ल्याएका छन्। ललितपुरमा आयोजित कार्यक्रममा
संगीतकार दीपक जंगमले सार्वजनिक गरेको एल्बममा
कस्तो सम्बन्ध, सीमाना त, जति छिटो, रुवाएर छाड्ने
छैन, लुकी–लुकी र सुन फूल बोलका ६ गीत संगृहित
छन्। गणेशले संगीत दिएका यी गीत परिता राजभण्डारी,
विनोद रोक्का, राजेन्द्र श्रेष्ठ, गीता खत्री, ज्योति पौडेल र
पुनम काफ्लेले लेखेका हुन्। एल्बमका २ गीतमा युगल
र अन्यमा यशोदाको स्वर रहेको छ।
संगीतकार जंगमले २५ वर्षभन्दा बढी समयदेखि
सहकार्य गरिरहेको सांगीतिक दम्पतीको यो आगमन
स्वागतयोग्य रहेको चर्चा गरे। ‘शास्त्रीय संगीतको
ब्याकग्राउन्डबाट आएका दम्पतीका एल्बम राम्रा गीतको
पंक्तिमा पर्छन् भन्नेमा म विश्वस्त छु’ –उनले भने।
कार्यक्रममा गायिका पराजुलीले गणेशकै संगीतको गीत
दिन ढल्यो अूधेरी रातमाबाट आफू चिनिएको सुनाउदै
अरू गीत पनि कम नरहेको बताइन्। यो दम्पतीले
गाउँको माया ९२०५६०, सहयात्रा ९२०६२० र फुर्सदमा
२०६८ बजारमा ल्याएको थियो।