काठमाडौं महिला फुटबल टोली विजेता


हेटौंडा, (नेस)
हेटौंडामा भएको उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महिला फुटबल टोलीले जितेको छ ।
बिहीबार फाइनलमा सिन्धुपाल्चोकलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंले उपाधि जितेको हो । ४८ औं मिनेटमा सुनकला राईले गरेको गोल नै निर्णायक बनेपछि काठमाडौंले उपाधि हात पा¥यो । खेलको ‘प्लेयर अफ दी म्याच’ सिन्धुपाल्चोककी कप्तान रजनी श्रेष्ठ घोषित भइन् ।
अखिल नेपाल फुटबल संघको आयोजना र मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा भएको प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । छनौट प्रतियोगिता भए पनि मकवानपुर जिल्ला फुटबल संघले पुरस्कार व्यवस्था गरेको हो ।